२ मंसिर,हुम्ला – हुम्लामा आइतबार देखी लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ ।
आइतबार र सोमबार दुई दिन हिंउपरेसंगै यस वर्ष हुम्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि गत कार्तिक १८ गतेपनी हिमपात भएको थियो ।
जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस ७ डिग्री पुगेको छ ।
उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । मानिसहरु हिउँमा रमाउन थालेका छन् ।
हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।
आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए ।
जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।
सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए ।
लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए ।
आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar