३० कार्तिक,काठमाडौं – कोरोना संक्रमणका कारण आइसियुमा बसेका हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमण पस्चात् स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हास्य कलाकार गजुरेल ११ दिनको बसाईपछि आज डिस्चार्ज भएका हुन् ।
गजुरेल संक्रमण पस्चात् बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए । गजुरेलले सामाजिक संजालमार्फत् कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।
‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले फेसबुकमा लेखेका छन् । ‘कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’ जगुरेलले भनेका छन् ।
त्यस्तै उनले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar