२८ कार्तिक,काठमाडौं – कोरोना भाइरसको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदुत र्याण्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।
राजदुत बेरीले स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित उक्त भेन्टिलेटरले गम्भिर कोरोना संक्रमण भएका नागरिकको स्वास्थ्योपचारमा सहयोग पुग्ने विस्वास लिइएको छ ।
मन्त्रालयले उक्त भेन्टिलेटरहरु आवश्यक्ताका आधारमा देशका विभिन्न सरकारी अस्पतालहरुमा पठाउने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar