राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (४ साल अघि)
६९८ पाठक संख्या
२७ कार्तिक,काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्टि गरे ।
आज बिहीबार आफ्नो ट्वीटर् मार्फत् जानकारी गराएका मन्त्री पौडेलले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सु-स्वास्थ्यको कामना समेत गरेका छन् ।
उनले उल्लेख गरेका छन्, ‘चित्र बहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।आज मन्त्रिपरिषद् बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’
केही दिनबाट निमोनिया रोगबाट ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्या रहेका केसीको अहिले मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।