२७ कार्तिक,काठमाडौं – अन्ततः प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा सचिवालय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले भोली शुक्रबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।
सचिवालय सदस्य तथा महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।
नेकपामा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बैठक राख्ने विषयमा विवाद भइरहेका बेला, बैठक तय गरिएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई बैठक राख्न लिखित आग्रह गरेका थिए ।
त्यसपछि अल्टिमेटम सकिईसकेपछि पनि तदारुकता नदेखाएका ओलीले भोलि शुक्रवारका लागि भने बैठक बोलाएका हुन् ।
९ सदस्यीय रहेका सचिवालयमा प्रचण्ड–नेपाल पक्षलाई अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत साथ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar