अमेरिकामा कोरोना संक्रमण : एकै दिन १ लाख ३६ हजार संंक्रमित, न्युयोर्कमा प्रतिबन्ध
एजेन्सीप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (४ साल अघि)
१०२४ पाठक संख्या
एजेन्सी – अमेरिकामा कोरोना भाईरस संक्रमण अत्यन्त चाँडो बढ्दै गएको छ।
हिजो बुधवार मात्र अमेरिकामा कोरोना संक्रमणले नयाँ विश्व रेकर्ड बनाएको छ।
हिजोको डाटा अनुसार अमेरिकामा एकै दिन एक लाख ३६ हजार नयाँ कोरोना संंक्रमितहरुको रिपोर्ट गरिएको छ ।
साथै पछिल्लो १० दिनमा अमेरिकामा १० लाख भन्दा बढी संंक्रमित थपिएको अमेरिकी स्वास्थ्य मन्त्रालयले डाटा सार्बजनिक समेत गरेको छ ।
न्यू योर्कमा प्रतिबन्ध :
एकै दिन अमेरिकामा १ लाख ३६ हजार नयाँ घटनाहरू रिपोर्ट गरिएसँँगै न्युयोर्क सहरमा प्रतिबन्ध लगाइएको छ।
अमेरिकामा कोरोना बिरामीहरुको संख्या केही दिन अघि १ करोड नाघिसकेको छ।
हाल अमेरिकामा प्रत्येक दिन एक लाख भन्दा बढी केसहरू थपिदैँछ्न्।
यसैबीच, न्यू योर्कका गभर्नर एन्ड्र्यू कुमोले राज्यमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।
कुमोले भने( प्रतिबन्ध नगरी हामी संक्रमण घटाउन सक्दैनौं।
न्युयोर्कमा नयाँ दिशानिर्देशहरू आज व्यवसायको बारेमा जारी गर्न सकिन्छ। न्यु योर्कमा मात्र, बिहीबार १६२८ घटनाहरू रिपोर्ट गरिएको थियोभने २१ जनाको मृत्यु समेत भएको थियो ।