एजेन्सी – रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निवार्चन जितेका जोय बाइडेनलाई अहिलेसम्म बधाइ दिएका छैनन् ।
राष्ट्रपति बन्न चाहिने २७० इलेक्टोरल मतभन्दा बढी मत बाइडेनले प्राप्त गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
यसबीचमा बाइडेनलाई विश्वभरका नेताहरुले बधाई दिइरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादमिर पुटिन अमेरिकी निर्वाचनमा को विजयी भए भन्ने बारे अधिकारिक नतिजा पर्खिरहेका बताइएको छ ।
रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको र बाइडेनले झेल गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्।
ट्रम्पका वकिलले चुनावमा धाँधली भएको प्रमाण नै भएको बताएका छन्। आधिकारिक नतिजा घोषणा हुनासाथ पुटिनले विजेतालाई बधाई दिने बताएको छ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार भनेका छन्,‘हामी अन्तिम नतिजा घोषणा भएपछि बधाई दिन उत्तम ठान्दछौं। राष्ट्रपति पुटिनले अमेरिकी जनताको चाहनाको सम्मान गर्ने बताउनु भएको छ। जो राष्ट्रपति बनेपनि हामी सहकार्य गर्न तयार छौं।’ उनले भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar