योगेश भट्टराई भन्छन् नेकपा फुट्दैन, कार्यकर्तालाई आश्वासन दिएका हुन् की तितोसत्य ?
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
८८७ पाठक संख्या
२३ कार्तिक,ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने दावी गरेका छन ।
पार्टी स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले, ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा , सञ्चारमाध्यममा आएजस्तो नरहेको बताए ।
मन्त्री भट्टराईले शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उहाँहरु पार्टी एकताकै पक्षमा रहेको बताए । शीर्ष नेतृत्वबीच केही मतभेद मात्र भएको बताए ।
पार्टी अध्यक्षद्वय सहित प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहकाले नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए ।
उनले कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको समेत बताए ।
पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।
पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पंक्तिलाई उनले विश्वास दिलाए ।