एजेन्सी – तपाईंले धेरै चोटि पति/पत्नी र उनको बिचमा प्रेमी / प्रेमिकाका कथाहरू देख्नु र सुन्नु भएको होला ।
धेरै सिनेमाहरुमा घरमा श्रीमती र श्रीमान् हुँदा हुँदै पनि अन्यसँँग प्रेममा परेको पनि देख्नु भएकै होला । तर भारतको मध्य प्रदेशमा यस्तै एक अनौठो घटना घटेको छ ।
त्यहाँ एक महिलाले आफ्नो पतिलाई उसकी प्रेमिकासँग विवाह गराइदिएकी छिन् । यो आश्चर्यजनक घटना मध्य प्रदेशको राजधानी भोपालको हो । जहाँ विवाह भएको तीन वर्ष पछी श्रीमतीले आफ्नो श्रीमान्लाई उनकै प्रेमिकासँग विवाह गराएकी छिन् ।
भारतिय मिडियाका अनुसार उनको पतिको उक्त महिलासँँग केवल एक बर्षदेखि प्रेम सम्बन्धमा थिए। परिवार अदालतका वकिल रजनी रजनीका जानकारी अनुसार आफ्नो श्रीमतीसँँग भन्दा प्रेमिकासँग भावनात्मक लगाव राख्ने भएको र विवाह नगरेको खण्डमा प्रेमिकाले आत्महत्या गर्न खोजेकी कारण पनि विवाह गराइएको उल्लेख गरिन् ।
अदालतका भनाइमा पुरुष भने आफ्नो श्रीमती र प्रेमिका मध्ये एकलाई छाड्न नसक्ने भएकोले उनकी श्रीमतीले प्रेमिकासँँग पनि विवाह गराएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar