२३ कार्तिक, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवाद उत्कर्षमा पुगेका बेला ओली निकटका काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ ।
काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा बसुन्धारामा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । पछिल्लो समय माधव नेपाल र प्रचण्ड समुहले प्रधानमन्त्री समेत रहेका पार्टिका अध्यक्ष ओलीलाई अल्पमतमा पारेका बेला, ‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक
रुपमा भेला राखिएको हो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्याउनु होइन’, जिल्ला अध्यक्ष राईले भने । उनका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका छन् । ‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो’, उनले भने ।
हिजो शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने ।
उता पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । पुर्व एमाले भनेपनी माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने खासै महत्वका साथ खवरै नगरेको कारण कोहि उपस्थित् नै हुन नपाएको नेपाल पक्षका एक जिल्ला नेताले बताए ।
केही दिन अघी मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।
त्यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar