२२ कार्तिक,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन सामूहिक आह्वान गर्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका हुन् ।
यसअघि आजै बिहान पार्टी कार्यालय धुम्बाराहीमा उनीहरुले अनौपचारिक छलफल गरेका थिए ।
गत शुक्रबार अध्यक्ष दाहालले बोलाएका सचिवालय बैठकमा ओली उपस्थित भएका थिएनन् ।
त्यसक्रममा ओलीलाई सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय भएको थियो ।
५ सचिवालय सदस्यहरुले बैठक बोलाउन माग गरिएको पत्र समेत लिएर बालुवाटार पुगेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar