१९ कार्तिक,काठमाडौं – सेक्स पनी एक प्रकारको शारीरिक व्यायम नै हो ।
स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ ।
त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ ।
वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन ।
उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम समेत भनेका छन् ।
शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ ।
मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ ।
कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ ।
मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ ।
बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन, ‘ भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न सक्छ ।
अर्थात मुटुले सजिलै यौनसम्पर्कको भार थेग्न सक्छ ।’
उनले हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्ने बताए ।
उनी भन्छन, ‘छातीमा पीडा उत्पन्न नभई २ तलामाथि भ¥याङबाट चडन सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ ।
तर यदि छातिमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेलामा कम बल प्रयोग गर्नुपर्छ ।’
उनले यौनसम्पर्कका बेला छाती वा मुटूमा पिडा बढन गएमा जिव्रो मुनि राख्ने औषधि प्रयोग गर्न सुझाव दिन्छन् ।
कतिपय पुरुष मुटुरोगीहरुले आफ्नो यौन दुर्वलताको अनुभव वा अनुमान गर्ने गरेका हुन्छन ।
तर चिकित्सकहरुले त्यसमा पनि सत्यता नरहेको बताउछन् ।
डा. रेग्मी भन्छन, ‘ती सबै मनोवैज्ञानिक अनुमान र अनुभव मात्रै हो ।’
उनले डिप्रेसन र कहिलेकाही औषधिहरुको अनावश्यक प्रयोगले यौन दुर्वलता घटाउन सक्ने बताए ।
‘यसको उपचार सम्भव छ । आफनो चिकित्सकसंग यसको शंकोच नमानी यसबारे परार्मस लिनुपर्छ’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar