विद्यार्थीले पायकपर्ने ठाउँबाट कसरी दिन पाउछन् त्रिविको परीक्षा ?
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १९, बुधबार (४ साल अघि)
६३५ पाठक संख्या
१९ कार्तिक, काठमाडौं – त्रिभुवन विश्वविद्यालयको विद्यार्थीहरुले आफुलाई पायकपर्ने परीक्षा केन्द्रबाटै परीक्षा दिन पाउने भएका छन् ।
कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार डा. पेशल दाहालले बताए ।
विद्यार्थी जहाँ छन् त्यहीँ नजिकैको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । रजिष्ट्रार डा. दाहालले बताए ।
यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर पनी विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् ।
त्यस्तै सोही परीक्षा केन्द्रबाट बिद्यार्थीहरुले परीक्षा दिने छन् ।