१८ कार्तिक,अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यम प्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पस्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि खनालको शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमै राखिएको थियो । त्यसपछि नेपाली सेनाको टोलीले कोरोना संक्रमित शव ब्यवस्थापन स्थलमा गाडेको थियो ।
तर मृतकका परिवारले भने शव गाडेको ५ महिनापछि उत्खनन् गरी हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेका छन् । मृतक खनालकोे शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए ।
त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काज किरिया गर्न पाएका थिएनन् । सोहि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमै राखिएको थियो । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar