१८ कार्तिक, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मंगलबार पनि बालुवाटार जाने तयारीमा छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन नमानेपछि कार्यकारी अध्यक्ष दाहाल बैठकका विषयमा छलफल गर्न बालुवाटार जाने तयारी गरेको स्रोतले बताएको छ ।
पछिल्लो समय नेकपा विवाद उत्कर्षमा पुगेको छ । राजदूत नियुक्ति, कर्णाली विवाद, मन्त्रीपरिषद् हेरफेर, भारतीय जासुसी सस्था प्रमुखसँग भेटवार्ता लगायतका कारणले पार्टी विवाद झनै चर्किएको हो । अध्यक्ष दाहाल सचिवालय बैठक बोलाउने तयारीमा भएपनि अर्का अध्यक्ष ओली भने सो बैठक बोलाउने तयारीमा छैनन् ।
गत आइतबार खुमलटारमा दाहालले प्रधानमन्त्रीले बैठक नबोलाउने र बहुमतलाई नमान्ने बरु अलग–अलग बस्न चाहेको भन्दै बिफिङ गरेका थिए । त्यसपछि पार्टी विवादले उग्र रुप लिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar