• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अभिनेत्री शेफालीको निधन

१४ घण्टा अघि
२

१९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

१४ घण्टा अघि
३

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

१४ घण्टा अघि
४

‘मालती मंगले’मा विजय र वर्षा

१५ घण्टा अघि
५

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

१ दिन अघि
६

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

१ दिन अघि
७

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

१ दिन अघि
८

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

१ दिन अघि
९

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

१ दिन अघि
१०

एसियन कप छनोटको तयारीमा नेपाल

१ दिन अघि
११

‘मैसा’मा रश्मिकाको उपस्थिति

१ दिन अघि
१२

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    अमेरिकामा राष्ट्रपति चुनाव आज : डोनाल्ड ट्रम्प र वाइडेनको पक्षमा नेपाली किन विभाजित ?

    एजेन्सी, न्युज डेस्कप्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (४ साल अघि)
  • ४६३ पाठक संख्या
  • trump and biden subhayug

    १८ कार्तिक काठमाडौं – आज राती अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

    राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान अनुमान गरिएको छ ।

    बिश्वभर महामारीको रुप लिएर फैलिएको नोवेल कोरोना भाईरस एवम् (कोभिड-१९) महामारीका कारण अत्यधिक मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले पनी आज हुने चुनाव झनै महत्वपूर्ण भएको विश्लेषकहरुले बताउने गरेका छन् ।

    आजको निर्वाचनले आगामी चार वर्षका लागि निर्वाचित गर्ने राष्ट्रपती पद विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल समयावधिसँग मात्र तुलना समेत गरिँदैन । त्यसैले आजको निर्वाचनलाई बिश्वले बिशेष तरिकाले मुल्यांकन गर्ने गर्दछन् ।

    उता सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षपछि आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग आएर जोडिएको बिश्लेसकहरुको तर्क छ ।

    विगतका हरेक चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेपनी यसपटकको चुनावमा भने कोरोना भाइरस नै केन्द्रबिन्दुमा रहेको छ ।

    अमेरिकामा मात्र निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा मात्र २ लाख ३० हजार अमेरिकी नागरिकले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाख भन्दा बढिलाई संक्रमणले गाँजेको छ । त्यतिमात्र नभई सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई नै चलायमान बनाउँदै आएकामा हाल यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ । त्यसैले एस पटकको निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।

    उता आलोचकले भने कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भन्दै टिप्पणी गर्दै आएका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनी बचाउ गर्दै आएको छ ।

    करिव ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या भने २४ करोड रहेका छन् । अमेरिकामा पनी मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्ली भोटिङ्ग) मार्फत समेत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भईसकेको छ ।
    त्यस्तै यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने समेत अनुमान गरिएको छ । यो संख्या कूल मतदाता संख्याको ६२ प्रतिशत हो ।

    आज मंगलबारको निर्वाचनमा अमेरिकी रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रमशः बर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । त्यस्तै एक सय सिटको सिनेटमा पनी अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट छ । उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित बर्चस्व छ । यद्धपी यसपटक सिनेटको ३३ र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ । त्यस्तै सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको निर्वाचन् हुने गर्दछ त्यस्तै काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ ।

    विगत वर्षहरुमा बिश्लेसकहरुको सर्वेक्षण र सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएतापनि सन् २०१६ पछि भने सर्वेक्षणमा समेत प्रश्न उठ्न थालेको छ । तर यसपटक सर्वेक्षण गर्दै आएका ठूला र मूलधारका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् ।

    तर यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिक रुपमा मतदाता र उमेदवारहरुबीच अन्तक्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु अत्यधिक छन् ।

    डोनाल्ड ट्रम्प र वाइडेनको पक्षमा नेपाली किन विभाजित ?

    अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ । संख्यात्मक हिसाबले नेपाली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मूलको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको बताउँदै आएका छन् ।

    भण्डारीले भने, ‘हामीले राजनीतिकरुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । व्यक्तिगतरुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति वाराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो ।

    ’डेमोक्र्याट पार्टीकोतर्फबाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफ्नो अगुवाइमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन् । यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिबारे भर्चुअल अन्तर्क्रिया र र्याली पनि उनले गराएका थिए ।

    आफूलाई डेमोक्र्याट पार्टीले बोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ ।

    भण्डारी अमेरिकाको राजनीति र माइनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्याण्डवाट विद्यावारिधिका लागि शोध गरिरहेका छन् । उनले अध्ययनका क्रममा अमेरिकाको राजनीतिमा एशियन अमेरिकनको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेको र यसमा आफू विश्वस्त रहेको बताए । एशियन अमेरिकनसँगै नेपाली अमेरिकनको पनि राजनीतिक पहुँचको वृद्धि हुनेमा पूर्ण विश्वास रहेको भण्डारीको भनाइ छ ।

    डेमोक्र्याट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स् मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, ‘हामी नेप्लीज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो ।’  हमालले आगामी नोभेम्बर ३ तारिखमा हुने मतदानमा भाग लिएर नेप्लीज अमेरिकनले आफ्नो अधिकार उपयोग गर्न अनुरोध गरेको पनि बताए ।

    उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउँछन् । पोख्रेलले भने, ‘हामीले स्थानीय, राज्य र संघीय सरकारमा हामी र हाम्रो एजेण्डा बुझाउन, अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ ।’

    टेक्सासमा रहेका नेप्लीज अमेरिकनहरुले साउथ एशियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई समेत सहयोग गर्दै आएका छन् ।

  • Biden
  • subhayug
  • Trump
  • Trump or Biden?
  • अमेरिका
  • अमेरिकी डेमोक्र्याट पार्टी
  • अमेरिकी राष्ट्रपति निर्वाचन
  • अमेरिकी रिपब्लिकन पार्टी
  • जो वाइडन
  • डेमोक्र्याट उम्मेदवार
  • डेमोक्र्याट उम्मेदवार जो वाइडन
  • डोनाल्ड ट्रम्प
  • राष्ट्रपतीय निर्वाचन
  • रिपब्लिकन उम्मेदवार
  • रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प
  • ह्वाइट हाउस
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • अभिनेत्री शेफालीको निधन

  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

  • ‘मालती मंगले’मा विजय र वर्षा

  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


  • समाचार
  • १

    अभिनेत्री शेफालीको निधन
    १४ घण्टा अघि

  • २

    १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’
    १४ घण्टा अघि

  • ३

    प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित
    १४ घण्टा अघि

  • ४

    ‘मालती मंगले’मा विजय र वर्षा
    १५ घण्टा अघि

  • ५

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ६

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    १ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    १ दिन अघि

  • ८

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    १ दिन अघि

  • ९

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    १ दिन अघि

  • १०

    एसियन कप छनोटको तयारीमा नेपाल
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अभिनेत्री शेफालीको निधन

    subhayug
    २

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    ३

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ४

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution