१५ कार्तिक,काठमाडौं – सन् २०१९ को डिसेम्बर अन्तिममा शुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्न सहयोग प्रदान गर्दै आएको छ ।
महामारीका लागि भारत सरकारले पटक(पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ । भारतीयसेनाले पनि नेपालीसेनालाई कोभिड-१९ विरुद्ध लड्नका लागि स्वास्थ्यउपकरण प्रदान गरेको थियो ।
यहीबीच भारतीयसेना प्रमुख नोभेम्बर ४ देखि ६ सम्म तीनदिन नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीयस्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउने भएका हुन् ।
उनी यसअघि नै नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण उक्त भ्रमण स्थगित भएको थियो । भारतीयसेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्नेछन् ।
नेपाल(भारत दुबै मुलुकका सेनाप्रमुखलाई एक(अर्काको मुलुकको मानार्थ सेनाप्रमुखको उपाधि दिने प्रचलन रहेको छ । नेपालका प्रधानसेनापति थापाले यसअघि नै भारतको मानार्थ सेनाप्रमुखको उपाधिप्राप्त गरिसकेका छन् ।
नेपाल(भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीयसेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा रअप्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।
भारतीयसेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।