बासुदेब गिरी/प्यूठान- आमा संगै घाँस काट्न गएको बेला चार महिना अघि रुखबाट लडेर १३ वर्षीया कृष्णा घर्ति घाईते भइन ।
माण्डवी गाउँपालिका-२ ढिकावन निवासी कृष्णा घर्तीलाई उपचारका लागि परिवारले भिभिन्न अस्पताल पु¥याए । उपचारकै क्रममा घरबारी धितो राखेर लिएको पैसा उपचारमा सकियो तर घाइते कृष्णा घर्तिलाई निको भएन । उपचार गर्दा गर्दै करिब ५ लाख सकियो निको नहुदा परिवारलाई अझै चिन्ता बढेको छ ।
दैनिक ज्यालादारी बाट घर खर्च चल्दै आएको परिवारमा बिरामी नानिको सुसारमै समय बितेको छ । कृष्णाको आमा बालिका घर्तिले गुनासो सुनाउदै भनिन्,घरमा बुढाबुढी सासुससुरा हुनुहुन्छ वहाँलाई पनि सुसार गर्नु पर्छ त्यस्मा घाइते छोरीलाई समेत हेरचाह गर्नुपर्ने बाध्यता बढेको छु।
दुर्घटनामा कृष्णाको मेरुदण्ड सहित हात, खुट्टा समेत भाँचिएको अस्पतालका चिकित्सकले जानकारी गराएको आमा बालिका घर्तिले सुनाइन् । शरिरका अन्य भागमा समेत गम्भीर चोट लागेको छ । बालिकाको उपचारका लागि स्थानीयले आर्थिक सहयोग समेत जुटाउन सहयोग गरे । उक्त संकलन गरेको रकमले नपुगेपछि परिवारले घरबारी धितो राखेर बैंकबाट ऋण लिए । तरपनि रकम अभाव भएपछि छोरीलाई घरमा फर्काएर ल्याएको आमा बालिका घर्तिले बताइन ।
घटनाको बारेमा जानकारी पाएलगत्तै माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बालिकाको उपचारको लागि अभियान नै थाल्नुभएको छ । बच्चाको ‘बालिकाको अवस्था देखेर म स्तब्ध भए,’ गाउँपालिका अध्यक्ष रोकाले भने,‘उपचारका लागि गाउँपालिकाबाट र व्यक्तिगत रुपमा सहयोग गर्ने आश्वासन दिएको छुँ ।’ बालिकाको औषधी उपचारको लागि आर्थिक सहयोग संकलनको अभियानमा लागेको रोकाले जानकारी दिए । आर्थिक रुपमा विपन्न परिवारलाई सवैले सहयोग गर्न उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल समेत गर्दै आउएको बताइन् ।
बालिकाको स्वास्थ्य अवस्थाको बारेमा थाहा पाएपछि बेल्जियममा रहनुभएकी मन्जुश्री प्रधानले समेत आर्थिक सहयोगको अभियान चलाउनु भएको छ । यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलनको काम भइरहेको छ, उनले भनिन,‘बच्चाको उपचार र परिवारलाई ऋणबाट मुक्त बनाउन सकिन्छ की भन्ने सोंच छ ।’
सहयोगका लागि बच्चाको आमा बालिका घर्तिको नाममा सिभिल बैंकमा खाता९०१७१०१९४७४६०१७० समेत सञ्चालन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar