४ कार्तिक,काठमाडौं – काठमाडौं महानगरपालिकाले कलंकी स्थित् भाटभटेनी सुपरमार्केटमा छापा मारेको छ ।
भाटभटेनीले सस्तोमा खसी–बोकाको मासु बिक्री गरेपछि काठमाडौं महानगरपालिकाले आज छापा मारेको हो । अनुसन्धानका क्रममा भाटभटेनीले खाद्य अनुज्ञापत्र नै नलिई खसीको मासु बिक्री गरेको पाइएको छ ।
बिक्रीका लागी राखिएको खसी–बोकाको मासुको खाद्य अनुज्ञापत्र नलिएरै बिक्री गरेको पाइएकोले अनुज्ञापत्र लिएर मात्र मासु बिक्री गर्न महानगरले आग्रह गरेको छ ।
नेपालगन्जदेखि ल्याएर भाटभटेनीले खसीको प्रतिकिलो ९९९ रुपैयाँमा र बोकाको ८९९ सय रुपैयाँमा मासु बिक्री गर्दै आएको थियो । भाटभटेनीले बजार मूल्यभन्दा सस्तोमा खसीको मासु बिक्री गर्ने गरेको तर मासु गुणस्तरीय नभएको उपभोक्ताको गुनासो छ ।
व्यापारीहरु भने भाटभटेनीमा आउने मासु खसीको नै नभएको बताएका छन् । आम उपभोक्ताबाट गुनाशो आएपनी यसअघी सरकारी निकायले चासो नै नदिएको भाटभटेनी सुपरमार्केटमा महानगरले आज छापा मारेको हो । यद्धपी भाटभटेनीको कमजोरी भेटिसक्दा महानगरपालिकाले कार्वाहि गर्ला या नगर्ला भन्ने आम सर्बसाधारणहरुले गम्भिर रुपमा हेरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar