४ कार्तिक,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई नहुने बताएका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई नहुने बताएका हुन् ।
उनले संसद बैठकका लागि सरकारलाई बाध्य पार्न समेत आग्रह गरेका छन् । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने उनको भनाइ छ ।
उनले लेखेका छन् ‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन,’ सांसद थापाले लेखेका छन् -‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar