२२ असोज गोरखा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
बिहिवार पालुङ्टार नगरपालिका ६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादीका नेता भट्टराईले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आरोप लगाएका हुन् ।
आफु प्रधानमन्त्री रहंदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेको बताएदै नेता डा.भट्टराईले भने ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’ ‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु आठदस वटा आयोजनाबाट पनी अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोर सँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’ उनले भने ।
फरक प्रसंगमा बोल्दै भट्टराईले केपी शर्मा ओली सँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको समेत आरोप लगाए । ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, उर्नले भने ।
‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा ग¥यो नभन्नु होला । म उहाँको निवासमा गइरहेको हुन्छु । उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ । उहाँ मसँग बिलौना गर्नुहुन्छ । प्रचण्डजी ओलीको फेला पर्नुभयो । ओलीले पछारेको पछारै छन्।’ बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको समेत उनले बताए ।
‘ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा थियो ।
कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ।’ सम्बोधनका क्रममा नेता भट्टराईले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar