२०७८ बैशाख ९, बिहिबार
२१ असोज, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ले नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघे पुनः बन्दाबन्दी (लकडाउन) गर्नु भनी सरकारलाई सिफारिस गरेको थियो । यसैबीच आज बुधबारसम्म आइपुग्दा संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।
आजको थप अध्यावधिक विवरण सार्वजनिक भएपछि सिस्टमकोबारे मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पूर्वाधारले धानेसम्म पुनः बन्दाबन्दी नहुने बताएका छन् ।
“आजबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आइसीएस ‘इन्सिडेन्ट कमाण्ड सिस्टमले सिफारिस गरेको थियो कि, २५ नाघेको खण्डमा पुनः बन्दाबन्दी गर्नु भनेर । तर, हाम्रो पूर्वाधारले धानेसम्म पुनः बन्दाबन्दी नगर्ने सोचमा छौं ।” प्रवक्ता गौतमले भने, ‘हाम्रो पूर्व आधारहरुले धानेसम्म बन्दाबन्दी हुँदैन, केहि मिडियासंग मैले अव १५ दिन लकडाउन गरेर पुन परिक्षण गर्ने हो भने संक्रमण दर घट्न सक्छ भनेको थिएं, तर स्वास्थ्य मन्त्रालय अहिले लकडाउन गर्ने पक्षमा छैन । डा. गौतमले भने । अव अस्पताल तथा बेडहरुले भ्याएसम्म बन्दाबन्दी नगर्ने समेत डा.गौतमले बताए ।
आज थप ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ९५ हजार नजिक पुगेको छ भने गत २४ घण्टामा थप १५ जना बितेका छन् ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com