२० असोज, काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा आज मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल नभएको बताइएको छ ।
प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर त्यसको विषयमा कुनै चर्चा नै नभएको बताइएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा कुनै पनि छलफल नभएको जानकारी दिए।
उक्त विषयमा प्रधानमन्त्री केपी शर्माओलीले कुनै पनि प्रस्ताव नराखेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्मा खाली रहेका तीनवटा मन्त्रालयमा तीन मन्त्री पार्टीले सिफारिस गर्ने आजको कार्यसूची थियो । तर व्यक्तिको नाम टुङ्गो लागेपनि मन्त्रालयको टुङ्गो नलागेको कारण आजको बैठकमा छलफल नभएको स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयका लागि पार्टीका महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेले दावी गरिरहेका छन् । यो विषयमा अध्यक्षद्धयको बीचमा सहमति नभएका कारण छलफल नभएको समेत बताइएको छ ।
त्यस्तै, संवैधानिक नियुक्तिको विषयमा पनि अध्यक्षद्धय ओली र प्रचण्डले आन्तरिक गृहयकार्य गरिरहेको र अर्को बैठकमा त्यो विषयमा छलफल हुने बताइएको छ ।
सरकारले हालै गरेका केही नियुक्तिहरुको बारेमा छलफल भएको तर कुनै निश्कर्ष ननिस्केको बताउँदे प्रवक्ता श्रेष्ठले अर्को बैठकमा पनि यो विषयमा छलफल हुने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar