२०७७ माघ ६, मंगलबार

१७ असोज,काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकहरुलाई काठमाडौँ नआउन आग्रह गरेको छ ।
नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर बढिरहेको र विशेष गरी काठमाडौँ कोरोनाको हटस्पट बनिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ नआउन आग्रह गरेको हो ।
शनिवार काठमाण्डौं उपत्यकामा मात्र ११ सय ७७ जना कोरोना सङ्क्रमित भेटिएको थियो भने देशैभर कोरोना संक्रमितको सङ्ख्या २६ हजार ७२४ पुगेको छ। त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।
उता यसअघीनै स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरी लकडाउन गर्ने बताईसकेको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com