१७ असोज,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना परीक्षणका लागि बिहीबार स्वाब लिइएका प्रधानमन्त्री ओलीको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
यद्धपी यस अघी प्रधानमन्त्री ओलीका ३ जना सल्लाहकार सहित २० जना सुरक्षाकर्मीमा कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएको थियो ।
प्रधानमन्त्रीका तीनवटै सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई समेत कोरोना संक्रमण भएपछि ओलीको स्वास्थ्यबारे चासो बढेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar