१२ असोज, काठमाण्डौं – स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमित् मध्ये २५ हजार भन्दा माथी सक्रिय संक्रमित देखिए फेरी लकडाउन गर्ने बताएको छ ।
पछिल्लो समय उपत्यकामै कोरोना संक्रमित बिरामी बढ्न थालेसंगै मन्त्रालयले सिफारिस गरेको २५ हजार सक्रिय संक्रमितको सीमामा फेरि लकडाउन हुने सम्भावना बढेको छ । हालसम्म देशमा सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ ।
सक्रिय संकमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको २५ हजार सक्रिय संक्रमितको सीमामा फेरि लकडाउन हुने सम्भावना बढेको हो। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ। यो संख्या देशभरको आधाभन्दा बढी हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हिजो ८ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका थिए, हिजको तुलनामा निको हुनेको संख्या घटेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ८१ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar