नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ
११ असोज,काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ ।
आइतबार मध्यान्ह प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले, नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ ।
मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे प्रधानमन्त्री ओली र प्रचण्डबिच चलिरहेको छ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar