१० असोज,काठमाण्डौं – सिधाकुरा जनतासंग कार्यक्रमका प्रोड्युसर तथा पत्रकार दिपक बोहराले नेपाल बिद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेखेका छन् ।
पत्रकार बोहराले सामाजिक संजाल फेसबुक मार्फत् कुलमान घिसिङलाई सम्बोधन गर्दै अव आगामी निर्वाचनमा बिजयी भई उर्जा मन्त्री बनेर मुलुकलाई थप उज्यालो बनाउने भन्नेतर्फ लाग्नुपर्ने बेला आएको भन्दै पत्र सार्वजनिक गरेका हुन् ।
बोहराले पत्रमा भनेका छन् “प्रिय कुलमान सर,अब यिनीहरुको आश गरेर हुँदैन,अब अर्को चुनावमा कसरी जित्ने र उर्जा मन्त्री नै बनेर मुलुकलाई थप उज्यालो बनाउने भन्नेतर्फ लाग्नुपर्छ । जतासुकै कुशासन छ । जनता भोकै मर्ने अवस्था आउँदा पनि सरकार मुकदर्शक बनेको छ । त्यो तपाईले पनि देख्नु भएको छ । वेथितिले छोपेको यो कृषिप्रधान देशमा पैसा तिर्दा पनि किसानले मल पाउदैनन् । अरु कुरा पर जाओस् ।”
कुलमानका लागी नेपाली जनता जतिबेलापनी सडकमा आउन तयार रहेको भन्दै बोहराले अव कुलमान घिसिङलाई फिल्डमा आउन समेत आग्रह गरेका छन् । उनले लेखेका छन् “तपाईलाई थाहा छ सर ,तपाईका लागि सडकमा आउन जति खेर पनि तयार छन् नेपाली जनता । अब फिल्डमा आउने पालो तपाईको हो । शिक्षण अस्पतालमा मृत्युसंग लडिरहेका डा गोविन्द केसीलाई भेटनुहोस् । अन्याय र भ्रष्टाचारविरुद्ध लडिरहेका अन्य डा.गोविन्द केसीहरुलाई पनि भेटनुहोस् ।” उनले चिकित्सा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई भेट्न समेत कुलमान घिसिङलाइ आग्रह गरेका छन् ।
हेर्नुहोस् पत्रकार बोहराले कुलमान घिसिङलाई लेखेको पत्र जस्ताको त्यस्तै
प्रिय कुलमान सर ,
अब यिनीहरुको आश गरेर हुँदैन ,अब अर्को चुनावमा कसरी जित्ने र उर्जा मन्त्री नै बनेर मुलुकलाई थप उज्यालो बनाउने भन्नेतर्फ लाग्नुपर्छ । जतासुकै कुशासन छ । जनता भोकै मर्ने अवस्था आउँदा पनि सरकार मुकदर्शक बनेको छ । त्यो तपाईले पनि देख्नु भएको छ । वेथितिले छोपेको यो कृषिप्रधान देशमा पैसा तिर्दा पनि किसानले मल पाउदैनन् । अरु कुरा पर जाओस् ।
तपाईलाई थाहा छ सर ,तपाईका लागि सडकमा आउन जति खेर पनि तयार छन् नेपाली जनता । अब फिल्डमा आउने पालो तपाईको हो । शिक्षण अस्पतालमा मृत्युसंग लडिरहेका डा गोविन्द केसीलाई भेटनुहोस् । अन्याय र भ्रष्टाचारविरुद्ध लडिरहेका अन्य गोविन्द केसीहरुलाई पनि भेटनुहोस् ।
स्वदेशी, विदेशी, निजी लगानी केन्द्रिकृत गर्ने गरी पब्लिक हाइड्रो कम्पनीको योजना बनाउनुहोस् । तपाईंको नेतृत्वमा रहेको पब्लिक हाइड्रो कम्पनीमा जनताले तन, मन र धन हाल्ने छन् नै । एक पटक उज्यालो बनेको मुलुकमा नेपाली जनताले अब फेरि अध्याँरोलाई अंगालो हाल्न कदापी स्वीकार्ने छैनन् । सत्य त्यही हो जुन अध्याँरो नेपालमा उज्यालो बनेर उदाएको थियो ।
मेरो शुभकामना सदैव तपाईलाई रहने छ ।
तपाईंको शुभचिन्तक
दीपक बोहरा
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar