१० असोज रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत रामेछापका न्यायाधीश स्वीकृति पराजुलीले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका हुन् ।
प्रहरीले गत साउन ३० मा खड्कालाई पक्रेर मुद्दा चलाएको थियो । खड्काबारे ३ वटा मुद्दामा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयका अनुसन्धान प्रतिवदेन बुझाएको थियो ।
‘बलात्कार, शरीरबन्धक र ठगी मुद्दामा गाँउपालिका अध्यक्षमाथी अनुसन्धान गरेका थियौं’ जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी बसन्त पाठकले भने, ‘अदालतबाट मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएपछि गाँउपालिका अध्यक्ष खड्कालाई जिल्ला कारागारमा पठाइएको छ ।’ डीएसपी पाठकले बताए ।
लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सडकको नाला बनाउने उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई उनले बन्धक बनाएर जबजरस्ती चेकमा हस्ताक्षर गर्न लगाएका थिए । गत साउन २१ मा गाउँपालिकाको कार्यालयमा उपभोक्ता समितिको चेकमा हस्ताक्षर गराएर पैसा निकाल्ने हर्कत गरेपछि घिसिङले उनीविरुद्ध जिप्रका रामेछापमा जाहेरी दिएका थिए ।त्यस्तै, गाँउपालिका अध्यक्ष खड्काले १० महिनाअघि धोवीस्थित गाउँपालिकाले भाडामा लिएको ‘कर्मचारी निवास’मा ३१ बर्षीय महिलालाई बलात्कार गरेको समेत आरोप लागेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुर गरेकी थिईन् ।त्यस्तै उनले धोवीका दुईजना स्थानीयबाट ‘गाउँपालिकाले किन्ने’ भन्दै उनले २१ रोपनी जग्गा पास गर्न लगाएको र सो जग्गा खड्काले साली नाता पर्ने उस्मिता गुरुङको नाममा पास गराएका थिए । गाउँपालिका कार्यालय भवन बनाउन भनेर किनको सो जग्गाका धनीलाई पालिकाको बजेटबाट दुई करोड दिने सहमति भएपनि उनले सो पैसा दिएका भने थिएनन् । जग्गाधनीले उनीविरुद्ध ठगी गरेको जाहेरी दिएका थिए।‘२ करोडको आश्वासन’ दिएर खड्काले मालपोत कार्लालय रामेछापमा जग्गा धनीलाई ‘५० लाखमा जग्गा किनबेच गरेका हौं’ भन्न लगाएर सालीको नाममा पास गरेर ठगी गरेको आरोप खड्का माथी लागेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar