चीनलाई भारतले पिएएलका सैनिक अघि बढे भारतीय सैनिकले उनीहरुमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ ।
चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला भारतले यस्तो चेतावनी दिएको समाचार भारतिय पत्रिका द हिन्दुलाई उदृद्ध गर्दै बीबीसी हिन्दीमा उल्लेख छ ।
बीबीसी हिन्दीमा उल्लेख भएअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा चेतावनी दिएको छ । भारतीय सैनिक अधिकारीले भनेका छन् –‘हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं । भारतले पनी सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिएको छ ।’
पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । यसअघी रुसको राजधानी मस्कोमा भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देशको सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएको थियो ।
त्यस्तै यसअघी पनी भारत र चीनका सैनिकबीच जूनमा गलवान घाँटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो यद्धपी चीनले भने अहिलेसम्म आफ्नो हताहत भएका सैनिकको संख्या खुलाएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar