८ असोज, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारीनिर्देशकबाट कुलमान घिसिङ्गको बहिर्गमन भएसँगै देशव्यापी रुपमा अघोषित् लोडसेडिङ्ग शुरुभएको जनगुनासो ह्वात्तै बढेको छ ।
विद्युत प्राधिकारणले घोषित रुपमा लोडसेडिङ्ग नभएको र प्राविधिक समस्या आएको बताएपनि आम सर्वसाधारणहरुले भने यसलाई फेरि लोडसेडिङ्ग शुरु हुनलागेको आशङ्का गरेका छन् । हुनपनि पछिल्लोसमय देशव्यापी रुपमा झ्याप्प, झ्याप्प लाईन काटिन शुरुभएको छ । दैनिकजसो नेपालगञ्ज, निजगढ, कीर्तिपुर, सिन्धुली, विराटनगर तथा गठ्ठाघरआसपासमा बुधबार बेलुकी करिब ५ पटकभन्दा बढी विद्युत आउनेजाने गरेको स्थानीयले बताएका छन् ।
निबर्तमान कार्यकारीनिर्देशक कुलमान घिसिङ्गको बहिर्गमनसँग तुलना गर्नसमेत शुरु गरेका छन् । सोही विषयमा पछिल्लोसमय सामाजिकसञ्जालभरि छरपष्ट देख्न सकिन्छ । आम सर्वसाधारणहरुले प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, रेस्पोन्स् गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने आरोप लगाउने गरेका छन् ।
विद्युत आपूर्तिमा आएको समस्याले अधिकांश मिडिया मारमा:
तत्कालीनसरकारले गत २०७३ साल भदौमा कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारीनिर्देशक नियुक्त गर्यो । कार्यकारीनिर्देशक नियुक्तिसँगैको लोडसेडिङ्गको अन्त्यले आमसर्वसाधारण उत्साहित भएका थिए, भने नेपाली सञ्चारजगतले समेत निक्कै राहत महशुस गर्यो ।
तर, नेपाल विद्युत प्राधिकरणको कार्यकारीनिर्देशक कुलमान घिसिङ्गको कार्यकाल पूरा भई उनी बहिर्गमन भएसँगै आमसर्वसाधारण एवम् नेपालीसञ्चारजगतले फेरि अघोषित् लोडसेडिङ्गको मार सहन शुरुभएको छ । केही सञ्चारकर्मी तथा मिडिया सञ्चालकहरुले त फेरि लोडसेडिङ्ग हुने भन्दै ईन्भटर र सोलारको व्यवस्था गर्नुपर्ने भन्दै सुझाव नै दिनसमेत थालेका छन् । लोडसेडिङ्ग अन्त्यपश्चात् ईन्भटरलगायतका वैकल्पिक व्यवस्था हटाएका मिडिया सञ्चालकहरुले यही समस्याले निरन्तरता फेरि पाउने हो भने, मिडिया सञ्चालनमै समस्या आउनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
यदी यसैगरी विद्युत आपूर्तिमा यहि समस्या दोहोरिए मिडिया सञ्चालनमा समेत गम्भीर समस्या उत्पन्न हुने अनलाईन सञ्चालक तथा सञ्चारकर्मी जीवन शर्माले बताए ।
सञ्चारकर्मी शर्माले भने, “विद्युत प्राधिकरणमा कुलमान घिसिङ्गको नियुक्तिपश्चात् भएको लोडसेडिङ्गयुगको अन्त्यसँगै कयौं मिडिया सञ्चालकहरुले ईन्भटर र सोलारको व्यवस्था गरेपनि अहिले त्यसलाई प्रयोग गरेका छैनन् । हामीले पनी ईन्भटर हटायौं लोडसेडिङ्गयुगकै अन्त्य भएको महशुस गरेका थियौं, तर अहिले कुलमानको बर्हिगमनसँगै यो समस्या आउनाले फेरी पनी लोडसेडिङ्ग हुनसक्ने लाग्यो,” उनले भने ।
कोरोना महामारीका कारण अहिले विद्यालयहरु पनि बन्द छन् । धेरैजसो विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । अनलाईनकक्षाका लागि विद्युतको आवश्यक पर्छ । मर्मतसम्भार, मौसमी कारण देखाएर हुनेगरेको लोडसेडिङ्गले विद्यार्थीहरुसमेत मारमा परेका छन् । यता नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारीनिर्देशक लेखनाथ कोईरालाले भने लगाताको बर्षात् र कोभिड- १९ का कारण कर्मचारी परिचालनमा केही समस्या आएको बताए ।
“हामीले नो लाईटका कर्मचारीलाई तत्काल रेस्पोन्स गर्न निर्देशन दिईसकेका छौं, बर्षातका कारण तारमा पानी पर्दा फुट्ने, केही ठाउँमा रुख ढल्ने, ट्रान्सफरमर बिग्रनेजस्ता समस्याले केही समय लाईन काटिएको हो, तर बारम्बार भने लाईन काटिएको छैन ।” निमित्त कार्यकारी निर्देशक कोईरालाले बताए । केही मानिसहरुले फेरि लोडसेडिङ्ग फर्कनसक्ने बताएपनि लोडसेडिङ्ग अब फर्कन सम्भवना नै नभएको उनले स्पष्ट पारे । राजधानीबाहिर भने धेरै ठाउँमा समस्या रहेको स्वीकार गर्दै कोईरालाले राजधानी बाहिरका जिल्ला शाखाहरुमा पनि समस्या समाधानका लागि निर्देशन दिईसकेको बताए ।
ट्रान्सफर्मरमा समस्या आउँदा, सबस्टेसन र वितरण लाईनको मर्मत तथा स्तरोन्नति गर्दा, सडक विस्तार भएको स्थानका विद्युतीयपोल सार्दाबाहेक विद्युत आपूर्ति नियमित भईरहेको विद्युत प्राधिकरणले जनाएको छ । त्यस्तै कोईरालाले सबस्टेसन र वितरण लाईनको मर्मत तथा स्तरोन्नति गर्न तथा विस्तारित सडकको विद्युतीयपोल सार्दा सार्वजनिक सूचना दिने गरेको समेत बताउँछन् ।
‘हामीसँग पर्याप्त मात्रामा विद्युत उत्पादन छ । चाहिनेभन्दा बढी बिजुली दिन तयार छौँ । पुनः लोडसेडिङ्ग फर्किन्छ भन्ने नसोचेपनि हुन्छ,’ कोईरालाले भने ।
अहिले विद्युत माग बढेर साढे १३ शय मेगावाट पुगेको छ । पानी परेपछि कम माग हुने उनले बताए । कोरोना माहामारीका कारण उद्योगधन्दा करखारखाना पूर्णक्षमतामा चल्न सकेका छैनन् जसले खपत कम भएको छ । यद्यपि विगत तीन–चार दिनयता गतवर्षको तुलनामा माग बढेको कोईरालाको भनाइ छ । प्राधिकरणको भारप्रेषणकेन्द्रका अनुसार अहिले पिकआवर (बिहान र साँझ)मा १२, २५ देखि १२, ५० मेगावाटसम्म विद्युत माग छ । पिकआवरमा प्राधिकरणका आयोजनाबाट ५ शय मेगावाट र करिब ५५० मेवा निजीजलविद्युत कम्पनीबाट लिईन्छ । अपुग हुने १०० देखि १८० मेगावाट भारतबाट आयात गरिन्छ । कोईरालाले बताए ।
यता कोईरालाले यस्तो दाबी गरेपनि कुलमानमाथि ग्राहकको बढी भरोसा छ । प्राधिकरणमा कोईरालाको ठाँउमा कुलमान रहँदा विद्युत आपूर्तिमा सामान्य समस्याबाहेक केही समस्या नआएको र प्राविधिक समस्या आई विद्युत अवरुद्ध गर्नुपरे पूर्वजानकारीसमेतको सूचना प्रकाशित् गर्ने गरेको तर, अहुले त्यसो नभएको उपभोक्ताहरुले गुनासो छ ।
उता लाइन काटिनुलाई उपभोक्ताहरुले लोडसेडिङ्गसँग जोडेर अभिव्यक्ति दिन थालेपछि ऊर्जामन्त्री वर्षमान पुनले यस विषयमा स्पष्टीकरणसमेत दिएका थिए । मर्मतका लागि लाईन काट्दा ग्राहकमा भ्रम पर्न गएको भन्दै ऊर्जामन्त्री वर्षमान पुनले स्पष्टीकरण नै दिएका हुन् । उनका प्रेससंयोजक दयानीधि भट्टले फेसबुकमा मन्त्रीको स्पष्टीकरणसमेत लेखेर जानकारी दिएका थिए ।
ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्रीको निजीसचिवालयका अनुसार सडक विस्तारका क्रममा गत आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेलगाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटीलगायत स्थानमा ११ केभी प्रशारण लाईन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरणकेन्द्रले जारी गरेको थियो । तर सो दिनको घटनाले पुनः लोडसेडिङ्ग फर्कन लागेको आशङ्कामा आममानिसहरु त्रसित बने । कतिपयले त सामाजिकसञ्जालमा लोडसेडिङ्ग फर्काउने अभ्यासका रुपमासमेत टिप्पणी गरेका छन् । घिसिङ्ग हुँदा पनि सूचना दिएर विद्युत कटौती हुँदै आएको थियो । ऊर्जामन्त्री पुनका प्रेससंयोजक दयानीधि भट्टले फेसबुकमा मन्त्रीको स्पष्टी उल्लेख गरे ।
त्यस्तै ऊर्जामन्त्री पुनका प्रेससंयोजक भट्टले कतै पूर्वजानकारीबिना विद्युत सेवा नियमित नभएको छ भने ऊर्जा मन्त्री वर्षमान पुनको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीयकार्यालयमा तत्काल खबर गर्न भनेको छ । सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाईन नम्बर ११५१ मा २४सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिनेसमेत जानकारी गराएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar