०७ असोज,धादिङ – धादिङ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज अस्पतालले विज्ञप्ति जारी गर्दै असोज ५ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुको स्वाब परिक्षणका क्रममा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको जानकारी दिउको छ । यस्तै अस्पतालले अर्को सुचना नआए सम्मको लागि ईमर्जेन्सी,फिवर क्लिनिक र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।
संक्रमित स्वास्थ्यकर्मी सँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा भने निरन्तर संचालन गरिने विकले बताउनुभयो । संक्रमित स्वास्थ्यकर्मी अहिले होम आईशोलेसनमा बस्नुभएको र उहाँको स्वास्थ्य अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar