‘मिडिया अलायन्स नेपाल’ गठन :अध्यक्षमा भाष्करराज राजकर्णिकार चयन
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (४ साल अघि)
८३० पाठक संख्या
७ असोज काठमाण्डौं – सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चार उद्यमीहरुको नयाँ संगठन “मिडिया अलायन्स नेपाल” गठन भएको छ ।
आज एक कार्यक्रम गरी सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको अध्यक्षतामा संस्था गठनकोे घोषणा गरिएको हो । अध्यक्ष पद सम्हाल्दै नव निर्वाचित् अध्यक्ष राजकर्णिकारले नेपाल भरको सञ्चार उद्योगलाई समेटी अगाडी बढ्न संस्था प्रतिवद्ध रहेको र आफुपनी प्रतिवद्ध रहेको बताए ।
विज्ञापन नीति अन्तर्गत्को क्लिनफिड मात्रै कार्यान्वयन भएमा पनि नेपालको विज्ञापन बजार अहिलेको तुलनामा दोब्बरले बढ्ने र यसबाट यस क्षेत्रमा विद्यमान धेरै समस्या हल हुने समेत राजकर्णिकारले दावी गरे ।
यसैगरी अलायन्सले २ सदस्यीय सल्लाहकार समिती समेत बनाएको छ । सल्लाहकारमा क्याप्टेन रामेश्वर थापा र विनोद ज्ञवाली रहेका छन् । कार्यक्रममा सल्लाहकार थापा, सञ्चार उद्यमी इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धर लगायतले मिडिया उद्योगको संरक्षणका लागि ल्याइएको विज्ञापन नीतिको प्रभावकारी कार्यान्वयनका लागि जोड दिएका थिए ।
संस्थाको उपाध्यक्षमा महेन्द्र शेरचन र राजु कँडेललाई चयन गरियको छ । त्यस्तै अलायन्सको महासचिवमा इमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईं रहेका छन् । सदस्यहरुमा भने डा.विजय पौडेल, ऋषी धमला, राजेन्द्र शाक्य र समृद्धि ज्ञवाली लगायत रहेका छन् ।