१० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना बनाउन अध्यक्षद्धय र महासचिवलाई जिम्मेवारी
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (४ साल अघि)
३१६ पाठक संख्या
६ असोज काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणका बाँकी काम पूरागर्न १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले सो जिम्मेवारी दिँदै कार्ययोजनाबारे पुनः सचिवालयमा छलफल गरी निष्कर्षमा पुग्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।