६ असोज काठमाण्डौं – कर्णाली स्वासथ्य बिज्ञान प्रतिष्ठान जुम्लामा सत्याग्रहमा बसेका डा गोविन्द केसीलाई प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ ।
हिजो जुम्लावाट नेपालगंज आएका डा.केसी, सरकारले बेवास्ता गरेको भन्दै आज काठमाण्डौं फर्किएका हुन् । आज डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि, केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ ।
यता राष्ट्रिय ट्रमा सेन्टरमा पनी डा.केसीले स्वास्थ्य जाँच गर्न नमानेको ट्रमा सेन्टरका प्रमुख डा.सन्तोष पौडेलले बताए । डा. केसीले आफुलाई ईच्छाबिपरित् ट्रमा सेन्टर ल्याईएको भन्दै उपचार गर्नै नमानेको डा. पौडेलले बताए । डा. पौडेलका अनुसार केसीलाई ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा राखिएको छ ।
सोमबार नेपालगञ्ज आएका डा.केसीले भेरी अस्पतालको आईसीयूमा पनि अनशन जारी राखेका थिए । आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा. केसीले अडान लिएका छन् । डा. केसीले गत भदौ ९गतेदेखि, १९ औं सत्याग्रह सुरु गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar