६ असोज काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको थियो । पेरिसडाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारेर दुई अध्यक्षबिच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।
आजको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद हेरफेर गर्ने गरी दुई अध्यक्षबीच छलफल भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar