आजको नेकपा सचिवालय बैठक स्थगित : भोली पुन बालुवाटारमै बस्ने
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (४ साल अघि)
६६४ पाठक संख्या
५ असोज, काठमाण्डौं – हिजोदेखी सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा, तय गरिएको नेकपा सचिवालय बैठक मंगलबार दिउँसो १२ः ३० बजे पुनः प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आइतबारबाट पेरिसडाँडामा सुरु भएको सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।
यद्धपी आजको बैठक स्थगित हुनाका कारण भने खुलाईएको छैन ।