४ असोज, काठमाडौं – सिभिल बैंकका बदमास प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकको सेयर मूल्य बढाउन मर्जरको गैरकानुनी तरिकाले अफवाह फैलाउने गरेको तथ्य बाहिरिएको छ ।
सिभिल बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेलाई बेवास्ता गर्दै आफुखुसी मर्जरको अफवाह फैलाएर गैरकानुनी तरिकाले शेयरको मूल्य बढाउन अफवाह फैलाउने गरेको तथ्य हेडलाईन नेपालले फेला पारेको छ । देशमा हाल संचालित् वाणिज्य बैंकमध्ये सबैभन्दा कमजोर मानिएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकलाई उकास्ने नाटक मंचन गर्दै आफु धनी हुन आफुखुसी यस्तो जुक्ती निकालेको बैंक श्रोतको दावी छ ।
यदी कुनै बैंक मर्जरमा जान चाहेमा,उक्त दुई बैंक बिच निर्णय वा सहमति गरेमा तत्कालै नेप्सेलाई जानकारी गराउनु पर्ने हुन्छ, र नेप्सेले कारोबार रोक्का गर्नुपर्ने हुन्छ । तर सिभिल बैंकका कार्यकारी अधिकृत गुरुङले भने नेप्सेलाईनै बेवास्ता गर्दै आफुखुसी निर्णय गर्दै आएको समेत खुलाशा भएको छ । गुरुङले नेप्सेलाई जानकारी नै नदिइ मर्जरको अफवाह फैलाउदै गैरकानुनी तरिकाले शेयरको मूल्य बढाउने प्रयास गरेका समेत खुलेको छ ।
देशमा हाल संचालित् २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कमजोर मानिएको सिभिल बैंकको शेयरको मूल्य बढाउन भन्दै कार्यकारी अधिकृत गोविन्द गुरुङले गैरकानुनी तरिकाले अफवाह फैलाएपछी कमजोर बैंक त्यसमाथी अव झन् कमजोर साबीत् हुने निस्चित् भएको छ ।
हाल देशमा संचालित् २७ वाणिज्य बैंकमध्ये सिभिल बैंक सबैभन्दा कमजोर बैंक हो । त्यसमाथी प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको यस्तो क्रियाकलापले त झन बैंक र बैंकका लगानीकर्ताको भबिष्यमा समेत अन्यौलता सिर्जना गरेको प्रष्ट देखिन्छ ।
पछिल्लो समय, बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले केहि सञ्चारमाध्यमलाई प्रयोग गरी कमजोर अवस्थामा रहेको सिभिल बैंकको अर्को बलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको अफवाह फैलाए । यता सिभिल बैंक मर्जरमा जान लागेको अफवाहको ख्यालै नगरी लगानीकर्ताहरु भने सिभिल बैंकको सेयर खरिद गर्नका लागी झुम्मिएका थिए ।
आइतबार, सिभिल बैंकको कारोबार खुलेसँगै बैंकको सेयरमूल्य समेत यकायक आकासियो, अनी शेयर पनी बढ्न थाल्यो । एक पटक करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको थियो ।
बजारमा अप्रत्यासित रुपमा सिभिलको मूल्य बढ्नुको कारण भनेकै मर्जरकै अफवाह हो । यता सिभिल बैंकले मर्जरका जती अफवाह फैलाएपनी सिभिलले मर्जरको विषयमा कुनै निर्णय नगरेको तथ्य समेत बाहिर आएको छ । त्यसो गर्नु गैरकानुनी भएको राष्ट्र बैंकले समेत जनाएको छ । त्यसोत आम सर्वसाधारण तथा बैंकका लगानीकर्तामाथीनै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गैरकानुनी तरिकाले कुठाराघात गरेका हुन् । केवल छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर अफवाह फैलाउनु गैरकानूनी ठहर्ने अर्थबिदहरु बताउछन् ।
यता नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनी सिभिल बैंकले सेयर मूल्य बढाउनकै लागि चलखेल गरेको हुनसक्ने दावी गरेको छ । ‘सेयर मूल्य बढाउने नियतका साथ अफवाह गरिएको देखियो, जुन गैर कानूनी हो’ नेप्से स्रोतले बतायो । श्रोतका अनुसार सेयर बजारमा असर पर्ने कुनै निर्णय भएमा नेप्सेलाई तुरुन्तै जानकारी गराउनु पर्ने व्यवस्था छ । यसरी कुनै बैंकले मर्जरमा जाने निर्णय वा सहमति गरे नेप्सेलाई तत्कालै जानकारी गराउनु पर्ने र नेप्सेले कारोबार रोक्का गर्नुपर्ने हुन्छ । तर नेप्सेलाई जानकारी नै नदिई सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मर्जरको अफवाह फैलाएका थिए ।
सिभिल बैंक शंकाको घेरामा : नेप्सेद्धारा कारबाही प्रकृया शुरु
नेप्सेलाई जानकारी नै नदिई सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मर्जरको अफवाह फैलाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई शंकाको घेरामा राख्दै कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
नेप्सेले आइतबार नै पत्राचार गर्दै सिभिललाई तत्कालै स्पष्टिकरण बुझाउन अल्टिमेटम समेत दिएको छ । नेप्सेले पत्राचार गर्दै सिभिल बेंकलाई धितोपत्र ऐन, २०६३ को दफा(४८) १ अनुसार आज असोज ५ गते सोमवार कारोबार खुल्नु भन्दा अगाडि नै जवाफ पेश गर्न समेत भनेको छ ।
नेप्सेले पत्रमा सिभिल बैंकलाइ, असोज ५ गते सोमवार कारोबार खुल्नुभन्दा अगाडि नै जवाफ पेश नगरे आवश्यक कानूनी कारबाही समेत गर्ने चेतावनी दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकलाई लेखेको पत्र
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar