४ असोज,काठमाडौं – आइतबार पेरिसडाडाँमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।
ओलीले १.अहिलेका सबै मन्त्रीलाई हटाउने, २.सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र ३.केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने भन्ने बिषयमा विकल्प पेश गरेको स्रोतले बतायो । बैठकमा, प्रधानमन्त्री ओलीले यस्तो बिकल्प पेश गरेपनी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री ओलीको बिकल्पमाथी फरक धारणा राखेका छन् । प्रचण्डको धारणा प्रती अधिकांश नेताले समेत समर्थन जनाएका छन् । त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले पनि सबै मन्त्रीलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई भने निरन्तरता दिनुपर्ने भन्दै प्रचण्डलाई समर्थन गरेका छन् ।
उनीहरुले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’ प्रचण्डलाई उदृत गर्दै नेकपा श्रोतले बतायो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलेनै मन्त्रिपरिषद् पुनर्गठनका लागी ३ बिकल्प पेश गर्नाले मन्त्रिपरिषद् पुनर्गठन हुने भने पक्का भएको श्रोतको दावी छ । यद्धपी मन्त्रिपरिषद्बाट को–को हट्ने, को–को पुनः मन्त्री बन्ने भन्ने छलफल हुन भने बाँकीनै रहेको नेकपा श्रोतले बताएको छ ।
पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री सहितका नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् । यता दशैं अगाडि नै मन्त्रिपरिषद् पुनगर्ठन पनि हुनसक्ने सम्भावना रहेको एक सचिवालय सदस्यले बताए । – “मन्त्रिपरिषद् पुनगर्ठनका लागी सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ । त्यस्तै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुन्छ ।” सचिवालय सदस्यले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar