नेकपा बैठक : बामदेव र नाराययणकाजी मध्ये को बन्लान् मन्त्री ?
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ४, आईतबार (४ साल अघि)
५८६ पाठक संख्या
४ असोज, काठमाण्डौं – सत्तारुढ दल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा जारी छ ।
यस अघि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्दै आएको नेकपा सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको हो । विहान ११ बजे बस्ने भनिएको बैठकमा नेताहरु पेरिसडाँडा पुग्न केहि ढिलाई गरेपछी बैठक केहि समय ढिला सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद पुनर्गठन, प्रदेश मुख्यमन्त्रीसहित मन्त्रिहरु हेरफेर गर्ने, चुनाव हारेर पनि राष्ट्रियसभा प्रवेश गरेकाद्धय नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
बामदेव गौतम नेकपाको उपाध्यक्ष हुन् भने नारायण काजी श्रेष्ठ पार्टी प्रवक्ता हुन् । यता गौतमलाइै गत भदौ २९ गते राष्ट्रियसभामा मनोनित गरिएको हो ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० मन्त्रालयका मन्त्री हेरफेर गर्नुपर्ने प्रस्ताव यस अघिनै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सामक्ष राखिसकेका थिए । ओली भने बढिमा ५ मन्त्रालय हेरफेर र पूनर्गठन गर्ने पक्षमा रहेको ओली ईतरका नेताहरुले बताउने गरेका छन् ।
उता मन्त्रालय हेर फेर गर्दा गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल लगायको जिम्मेवारी फेरिने सम्भावना रहेको श्रोतले बताएको छ । त्यस्तै उनीहरुलाई अन्य जिम्मेवारी दिने विषयमा ओली र प्रचण्डबीच सहमति भइसकेको समेत श्रोतको दावी छ ।