१ असोज,काठमाण्डौ – कोरोना भाईरस संक्रमण रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण ठप्प भएको लामो दूरीका सार्वजनिक गाडी आजदेखी चल्दैछन् ।
लकडाउन सुरु भउको झण्डै ६ महिनापछि आजदेखी लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । गत सोमवार बसेको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।
आज विश्वकर्मा पूजा गरेपछि मात्र गाडी चलाउने यातायात व्यवसायीहरुले बताएका छन् । यता सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान छ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । त्यस्तै यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar