३१ भदौ, काठमाडौं – स्यानिटाईजर कम्पनीले मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रण गरेको पार्यएसंगै सरकारले थप ४ स्यानिटाईजर कम्पनीलाई कार्वाहि गरेको छ ।
चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललितपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको उक्त स्यानिटाईजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । यसअघि पनि ५ वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएपछी ५ स्यानिटाईजर कम्पनीलाई कार्वाहि गरेको थियो ।
चिनवाट आयात भएको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । त्यस्तै काठमाडौंमा कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।
यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो ।
कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ । गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar