३१ भदौ,काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई दोहोर्याउन माग गर्दै माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले अवरोध गरेको छ ।
बुधवार, काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएका कुलमान समर्थकहरुलाई प्रहरीले तितरवितर पारेको छ । आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।
उनी प्राधिकरणबाट बिदा भएसंगै देशमा फेरी लोडसेडिङ हुनसक्ने भन्दै राजधानीबासीले पटक पटक जुलुस गर्ने गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar