३१ भदौ, काठमाण्डौं – ब्यापारीहरुले प्याजमा कालोबजारी गर्न थालेको सुचना पाएसंगै स्ट्रिगं अप्रेसनमा गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं प्याज ब्यापारीवाट ठगिएका छन् ।
प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि मन्त्री भट्ट, बुधवार बिहानैदेखी तरकारी स्टलहरुको अनुगमनमा गएका थिए । उनी सबैभन्दा पहिले ललितपुरको लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगेका थिए । तर त्यहाँका ब्यापारीले आफु अनुगमनका लागी त्यहाँ पुगेको पहिचान पाएपछी, उनी बल्खु र कालीमाटी तरकारी स्टलमा पुगेका थिए ।
बिना सुरक्षाकर्मी एक्लै अनुगमनामा निस्कएका मन्त्री भट्टलाई कालिमाटी र बल्खु तरकारी स्टलका ब्यापारीले भने पहिचान पाएको थिएन । त्यसपछी मन्त्री भट्ट बल्खु तरकारी स्टलमा गएर एकाएक प्याज खरिद गर्न थाले । सोहि क्रममा मन्त्रीमाथी प्याजको प्रतिकिलो १२० रुपैंया ब्यापारीले असुले । तयारीका साथ गएका मन्त्रीले केहि बोलेनन् । उनले खुरुक्क पैसा तिरे र अर्का ब्यापारीकहाँ गए । उनले सोहि स्टलका ३ ४ ओटा पसलवाट प्याज खरिद गरे सबैको रेट उहि १२० रुपैयाँनै थियो ।
मन्त्री भट्ट लगत्तै स्टलवाट बाहिर निस्किय, अनी बाहिर रहेको स्थानिय प्रहरीलाई उक्त बिषयवारे जानकारी गराए । मन्त्रीको निर्देशन पस्चात् प्रहरी सक्रिय भयो । लगत्तै प्याज महंगोमा बिक्री गर्ने ४ जना व्यापारीलाई प्रहरीले पक्राउ गर्यो। उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । तर एकैपटक स्टक रहेको प्याज सकिने अवस्था नरहेको र सस्तोमा किनेको प्याज महँगोमा बेच्न थालेपछि आफू अनुगमनमा निस्किएको मन्त्री भट्टले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar