३१ भदौ काठमाण्डौ – कोरोना भाइरस संक्रमणका कारण बिश्वभर ९ लाख भन्दा बढीको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक अनुसार विश्वभरी कोरोना भाइरस संक्रमणबाट ९लाख३९ हजार १सए८६ जनाको मृत्यु भएको छ । डब्लुएचओको तथ्यांक अनुसार हालसम्म विश्वमा २ करोड ९७ लाख २७ हजार ३ सए ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यद्यपी कोरोना संक्रमित २ करोड १५ लाख ४२ हजार ४ सए ७७ व्यक्ति भने कोरोना मुक्त भएका छन् । हाल विश्वमा अझै ७२ लाख ४५ हजार ७सय२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार जारी छ । त्यस्तै सङ्क्रमित मध्ये ६० हजार ९सय१५ जनाको अवस्था भने गम्भीर रहेको डब्लुएचओको प्रतिबेदनमा उल्लेख छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar