शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
६१० पाठक संख्या
३१ भदौ, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना भाईरस संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइरालालाई अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना गरिएको कोईरालाको सचिवालयले जानकारी दिएको छ ।
सोमबार साँझ ६ बजेदेखि कोइरालालाई उच्च ज्वरो आएपछि चाबहेल स्थित् ओम अस्पतालमा भर्ना गरिएको हो । अहिले उहाँलाई ज्वरो कम भएको छ । चिकित्सकहरुले उहाँमाथि निमोनिया भएको आशंका गरेका छन् । स्वकिय सचिव भरत तिवारीले बताए ।
कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ । महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले समेत जानकारी दिएको छ ।