३१ भदौ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा यस बर्षको साउन र भदौ महिनामा मात्र सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोका कारण ७४ जनाले ज्यान गुमाएका छन् ।
निरन्तर प्राकृतिक विपत्ती खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षती समेत भएको छ । यस वर्षको साउन र भदौ दुई महिनायता मात्र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाउनुका साथै ४१ बेपत्ता भएका छन् । गत आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्र १४ जनाको मृत्यु भएको छ भने सोहि पहिरोमा परी १७ जना हालसम्म बेपत्ता छन् ।
सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको ९ र १२ ख नं. वडामा गत असार २२ गते गएको पहिरोमा परी २ जनाको मृत्यु भएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । त्यस्तै असार २४ गते बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा गएको पहिरोले समेत ठूलो क्षति पु¥याएको थियो ।
बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना अझै बेपत्ता छन् । उता सोहि दिन भोटेकोसी गाउँपालिका–४ बुलकुटेमा बाढिले बगाँउदा एक जनाको ज्यान गएको थियो । त्यस्तै गत साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो । उक्त पहिरोमा नेपाली शेना, नेपाल प्रहरी र स्थानियको उद्धारपछी शव प्राप्त भएको थियो ।
त्यस्तै गत साउन १९ गते राती मेलम्ची नगरपालिका–११ मा निर्माणधिन कभर्डहलका कामदार सुतीराखेको क्याम्पसमेत पुरेको थियो भने त्यँहा कार्यरत् ९ जनाले ज्यान गुमाउका थिए । त्यस्तै सोहि पेरीफेरीमा मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर खोलाको बेगले दुई जनालाई बगाएको थियो । उक्त बाढीमा परी आयोजनाकै एक ईन्जीनिएरले समेत ज्यान गुमाएका थिए । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको भने तत्काल उद्धार गरिएको थियो । त्यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाएका थिए ।
यता गत साउन ३० गते लिदीमा गएको पहिरोले सिंगो गाउँनै पुरेको थियो भने पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका थिए । उक्त पहिरोमा अझै दुई जना बेपत्ता छन् । सिन्धुपाल्चोक जिल्लामा मात्र यसवर्षको असार साउन र भदौ महिनामा बाढी र पहिरोमा परी ७४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पहिरोमा परी हालसम्म ४१ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । बाढी र पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोसी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोसी गाउँपालिकामा ४ घर पहिरोले पूर्णरूपमा क्षती पु¥याएको छ । त्यस्तै बाढीपहिरोमा परीे सयौँ परिवार विस्थापित भएका छन् ।
पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको १ हजार ४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताए । यस्तै भोटेकोसीमा ८ सय ७५, जुगल गाउँपालिकामा ४ सय ८, मेलम्ची नगरपालिकामा १ सय ४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोसी गाउँपालिकामा ८४, लिसंखुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताए ।
जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ठ १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरोपीडितलाई १० लाख ९ हजार राहत वितरणसमेत गरिसकिएको प्रमुख ढकालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar