३१ भदौ,काठमाडौं – काठमाडौं उपत्यकामा एका बिहानै भुकम्पकोधक्का महशुस भएको छ ।
बुधबार बिहान ५ बजेर १९ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । मापन केन्दका अनुसार भूकम्प सिन्धुपाल्चोक जिल्लाको कोदारी राजमार्गको सखुवा नजिकै केन्द्र विन्दु रहेको छ । भूकम्पले जमीनमुनि १० किलोमिटर तल केन्द्र बनाएको छ ।
भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सर्वसाधारणहरू एका बिहानै घर बाहिर समेत निस्किएका थिए । भूकम्पको ठूलो धक्का सिन्धुपाल्चोक र असापासका जिल्लाहरूमा भएको जनाइएको छ । यद्धपी हालसमम भूकम्पले क्षति भएको जानकारी आएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar