३१ भदौ,काठमाडौं – कोरोना भाईरस संक्रमण बढ्न नदिन सरकारले गरेको लकडाउनका कारण ठप्प रहेका लामो दुरीका यातायात सेवा असोज १ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने भन्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ ।
मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ । त्यस्तै मन्त्री परिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान पनि सुरु गर्ने निर्णय गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
त्यसैगरि सोमबार सबेको मन्त्रिपरिषदको बैठकले हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar