२८ भदौ पोखरा – अस्पतालले पिसिआर रिपोर्ट नआँउदै मृतकको शव परिवारलाई बुझाउँदा दाहसंस्कारमा संलग्न दुई सय मलामी क्वारेन्टिन बस्नुपर्ने भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा बस्दै आएकी ४५ वर्षीया महिलाको उपचारकै क्रममा, शुक्रवार बिहान फिस्टेल अस्पतालको मृत्यु भएको थियो । ब्लड क्यान्सरबाट पीडित उनी तीन दिनदेखि अस्पतालको ‘आइसीयू’मा उपचाररत् थिईन् । यद्धपी मृतक महिलाको मृत्युपछी मात्र स्वाबको नमुना परीक्षणका लागि पठाइएको थियो । तर, अस्पतालले भने कोरोनाको रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।
अस्पतालले रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएपछी महिलाको शुक्रबारनै अन्त्येष्टि गरिएको थियो । तर शनिबार दाहसंस्कार गरिएकी महिलाको भने कोरोनाको ‘रिपोर्ट पोजिटिभ’ आएपछी अन्त्येष्टिमा मलामी गएका झन्डै २०० जना मानिस ‘क्वारेन्टिन’मा बस्नुपर्ने भएको छ ।
मृतक महिलाको दाहसंस्कारका लागी प्रदेश सांसद,जनप्रतिनिधि,पत्रकार,पर्यटन व्यवसायी लगायत करिब २०० जना सहभागी थिए ।
मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभइ अरु कारणले ज्यान गएको बताएको थियो । अस्पतालले दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर शुक्रबारनै पोखराको सेती नदी किनार रामघाटमा लगेर अन्त्येष्टि गरिएको थियो ।
त्यस्तै स्याङ्जाका ८५ वर्षीय पुरुषको पनी शनिवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । गण्डकीमा गएको २४ घन्टामा प्रदेशमा थप ८३ जनामा संक्रमण देखापरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar